Ganesh Shahi
Movie's Credit : Cast / Ass. Director / Lyricist / Second Ass. DirectorSong's Credit : Director / Lyricist
News
प्रताप र दुर्गाको स्वरमा ‘यसपाली त जसरी म माइत जाने’

गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा रहेको तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमानश्रीमती बिच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीत गीतकार डिपी खनालले लेखेका हुन् । गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा सबिन लिम्बुको संगीत संयोजन छ । गायिका बिसुरालले यही गीतबाट गायनमा डेब्यु गरेकी हुन् । उनी मिसेस हेरिटेज २०१९, सिंगापुरकी फष्ट रनरअप पनि हुन् ।
भिडियोमा सरोज राना प्रजा, आभा थापा, गायिका दुर्गा बिसुराल र राजेश बिसुरालको अभिनय छ । फराज अर्पनको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोको प्रस्तुतकर्ता रिवाज बिसुराल हुन् । भिडियोका निर्देशक गणेश शाह हुन् ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal