Ganesh Shahi   
Movie's Credit : Cast / Ass. Director / Lyricist / Second Ass. Director
Song's Credit : Director / Lyricist

News

‘प्रसाद’का दुई गीतलाई एकसाथ करोड भ्युज प्राप्त

लेन्सनेपाल २०७५ माघ ३
‘प्रसाद’का दुई गीतलाई एकसाथ करोड भ्युज प्राप्त

चलचित्र ‘प्रसाद’का दुई गीतले एकसाथ करोड भ्युज प्राप्त गरेका छन् । प्रसादमा समावेश लिरिकल गीत ‘लै लै’ र लोक फ्लेवर ‘बनकी चरी’ले युट्युबमा एकसाथ करोड भ्युज प्राप्त गरेका हुन ।

‘प्रसाद’को सफलतामा यी दुई गीतको पनि ठुलो भुमिका थियो । चलचित्रको कास्ट र कन्टेनले हाइप बढाई रहदा गीतको सफलताले पनि चलचित्र प्रतिको प्रतिक्षा बढाएको थियो । मंसिर २१ गते बाट प्रदर्शनमा आएको चलचित्र प्रसाद बक्स अफिसमा पनि सफल चलचित्र हो । चलचित्रले व्ययवसायिक र समिक्षागत दुवै हिसाबले सफलता पाएको थियो ।

करोड क्वलबमा प्रवेश गरेका दुबै गीतमा सुवास भुषालको संगीत रहेको छ । नेपाली चलचित्रको इतिहासमै सम्भवत एउटै चलचित्रको अनि एउटै संगीतकारको दुई गीतले एकसाथ करोड भ्युज प्राप्त गरेको यो पहिलो हो । ‘लै लै’ बोलको गीतमा गणेश शाहीको शब्द र केतन छेत्रीले स्वर छ भने ‘बनकी चरी’मा बि पाण्डेका शब्द अनि रुपक डोटेल र अन्जु पन्तको स्वर छ । दुबै गीत चलचित्रमा कथाको भाव अनुपमै प्रयोग गरिएको छ ।

विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन । दिनेश राउत निर्देशित चलचित्रमा सुशील पौडेलको लेखन, राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ ।

यसरी बनेको थियो करोड क्लवमा प्रवेश गरेको लै... लै... बोलको गीत