This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
बैशाखी टेकेर दर्शक भेट्न हल पुगे बिपिन
‘प्रसाद’बाट मिल्यो लोभलाग्दो प्रतिक्रिया
चलचित्र ‘प्रसाद’का प्रति चलचित्रकर्मी, समिक्षक अनि आम दर्शक सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहदा सबैभन्दा बढी प्रसंसा बटुल्ने कलाकार हुन विपिन कार्की । प्रसादमा निभाएको पात्रमा उनले प्राण भरिदिएका छन् । जीवन्त अभिनय गरेका छन् । चलचित्रको मुख्य खव्बाका रुपमा प्रस्तुत छन् । सानो सानो कुरामा विशेष अभिनय छ । सायद यसैले होला उनको कामले चौतर्फि प्रसंसा बटुलिरहेको छ ।
आफ्नो कामका प्रति भएको प्रसंसा त विपिनले सुनेका छन् तर दर्शकसँग बसेर चलचित्र हेर्न पाएका छैनन् । न त उनले प्रिमियरमा नै चलचित्र हेर्न पाए । केही समय अघि सडक दुर्घटनामा परेर यतिबेला आराम गरिरहेका बिपिनको मन शनिबार भने चलचित्र हल नआइ मान्दै मानेन । दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको चलचित्र शनिबार अधिकांश मल्टिप्लेक्स र सिंगल थियटरहरुमा हाउसफुल भयो । शनिबार साँझ बैशाखी टेकेरै भए पनि उनी विग मुभिजमा आइपुगे । जहाँ उनले दर्शकसँग चलचित्रका बारेमा प्रतिक्रिया समेत लिए । जहाँ उनले आफुले दर्शकबाट एकदमै लोभलाग्दो प्रतिक्रिया पाएको बताए । आफुले सोचेको भन्दा बढी सफलता प्रसादले दिएको उनको भनाई छ ।
बिपिन घरमै आराम गरिरहेका थिए । तर, सञ्चारमाध्यममा प्रसादको सामग्री अनि सामाजिक सञ्जाल विपिनमय भएको थियो । सबैतिर उनको अभिनयको चर्चा र प्रसंसा थियो । उनी यो कुराबाट अपडेट त थिए नै तर विश्वस्त हुन सकिरहेका थिएनन् । आफैले दर्शकसँग प्रतिक्रिया लिएपछि भने उनी ढुक्क भए । प्रसादका कारण मनमा चलिरहेको छटपटि दर्शकलाई भेटेर प्रतिक्रिया लिएसँगै शान्त भयो । शनिबार साँझ पत्रकारसँग गफिदै गर्दा बिपिनले भने आजबाट रिलिफ महशुस भयो ।
हुन त जुन कुनै पात्रलाई जीवन्तता दिन सहज पक्कै छैन । यदपी विपिनले हरेक पात्रलाई जीवन्त बनाउने कोसिस गर्छन । प्रसादमा उनी सफल भएका छन्, उनै शब्दमा भन्ने हो भने – ‘पात्रमा आत्म भर्न अर्थात त्यही मान्छे हो भनेर फिल गराउन ।’
दिनेश राउत निर्देशित चलचित्रमा बिपिनका अलवा नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रलाई शुशिल पौडेलले लेखेका हुन ।
तस्विर सौजन्यः रमाइलो छ डटकम र रातो खुर्सानी
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





