Binod Poudel   
Movie's Credit : Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

भोजपुरी शैलीमा ‘अभिमन्यु’को गीत ‘लड्की गोरी’

लेन्सनेपाल २०८२ श्रावन ३२
भोजपुरी शैलीमा ‘अभिमन्यु’को गीत ‘लड्की गोरी’

चलचित्र ‘अभिमन्यु च्याप्टर १’को ‘लड्की गोरी’ बोलको गीत सार्वजनिक गरिएको छ । भोजपुरी शैलीको गीतमा प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको शब्द, संगीत र स्वर तथा विषम आचार्यको संगीत संयोजन छ । तराईको पात्र र कथामा आधारित भएर चलचित्रको गीत भोजपुरी लवजमा भए पनि नेपाली भाषा नै प्रयोग गरिएको छ । 

रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतमा जुना सुन्दास र किरण श्रेष्ठको नृत्य रहेको छ । चलचित्रका कलाकारहरु लक्ष्मी बर्देवा र कामेश्वर चौरासिया पनि भिडियोमा देखिएका छन् । 

सुशान्त गौतमको निर्देशन रहेको चलचित्रले पैसाको लोभले समस्यामा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने व्यक्तिको कथा भन्छ । नेपाली संस्करणको चलचित्र भदौ २७ गतेदेखि र हिन्दी भर्सन असोज ६ प्रदर्शन हुँदैछ ।

चलचित्रमा लक्ष्मी, कामेश्वर र किरणसहित सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । चलचित्रमा मुकेश खनालको लेखन, शरद महतोको छायांकन र सुरेन्द्र पौडेल र मदन घिमिरेको सम्पादन रहेको छ ।