Binod Poudel   
Movie's Credit : Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान

लेन्सनेपाल २०८२ आषाढ १६
सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान

चलचित्र विकास बोर्डले सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गरेको छ । २५औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बोर्डले २०५७ असार १६ गतेदेखि २०८२ साल जेठ मसान्तसम्म धेरै व्यापार गर्ने २५ चलचित्रलाई  सम्मान गरेको हो ।

सार्वाधिक कमाई गर्ने चलचित्रको शिर्ष स्थानमा चलचित्र ‘पूर्णबहादुरको सारंगी’ छ । ४६ करोड ८७ लाख ४१ हजारको व्यापार गरेको यो चलचित्रको १७ लाख टिकट बिक्री भएको थियो । यस्तै चलचित्र ‘कबड्डी ४’ दोस्रो स्थानमा परेको छ । यो चलचित्रले २१ करोड १४ लाखको व्यापार गरेको थियो । यस्तै १९ करोड ९२ लाखको व्यापार गरेको चलचित्र ‘१२ गाउँ’ तेस्रो स्थानमा परेको छ ।

‘छक्का पञ्जा ४’ चौथो (१७ करोड ५३ लाख), जारी पाँचौं (१७ करोड ४८ लाख), छक्का पञ्जा छैठौं (१६ करोड १० लाख), महाजात्रा सातौं (१५ करोड ६७ लाख), छक्का पञ्जा ५ आठौं (१५ करोड २० लाख), कोहिनूर नवौं (१४ करोड ७५ लाख), छक्का पञ्जा २ दशौं (१४ करोड ५१ लाख), शत्रु गते ११औं (१२ करोड ६५ लाख), ऊनको स्वीटर १२औं (१० करोड ६२ लाख), कबड्डी २ १३औं (१० करोड ३५ लाख), बोक्सीको घर १४औं (१० करोड १० लाख), छ माया छपक्कै १५औं (९ करोड ९२ लाख) स्थानमा छ । 

यसैगरी, दिमाग खराब १६औं (८ करोड ९८ लाख), अञ्जिला १७औं (८ करोड ८३ लाख), परदेशी २ १८औं (७ करोड ९२ लाख),  छक्का पञ्जा ३ १९औं (७ करोड ८३ लाख), प्रेमगीत ३ २०औं (७ करोड ६३ लाख), कबड्डी कबड्डी कबड्डी २१औं (७ करोड ५९ लाख), पूजार सार्की २२औं (७ करोड ३८ लाख), महापुरुष २३औं (७ करोड ३५ लाख), कबड्डी २४औं (७ करोड ३४ लाख) र ‘पशुपति प्रसाद २ : भष्मे डन’ ७ करोड ३२ लाखसहित २५औं स्थानमा छ ।