Binod Poudel   
Movie's Credit : Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘अभिमन्यु’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०८२ भाद्र १२
चलचित्र ‘अभिमन्यु’को ट्रेलर सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले चलचित्र क्राइम–थ्रीलर जनराको रहेको स्पष्ट पार्छ । ट्रेलरले चलचित्रको कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे स्पष्ट पारेको छ ।

सुशान्त गौतमको निर्देशन रहेको चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ । ट्रेलरमा भने चौरासिया हाबी देखिन्छन् ।

चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् ९सेप्टेम्बर २२० मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रका निर्माता बिनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन् ।चलचित्रमा शरद महतोको डिओपी र सुरेन्द्र पौडेल र मदन घिमिरेको सम्पादन रहेको छ ।