Binod Paudel   
Movie's Credit : Cast / Director / Story / Screenplay / Dialogue

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

अस्करका लागि ‘बुलबुल’ सिफारिस

लेन्सनेपाल २०७६ भाद्र २०
अस्करका लागि ‘बुलबुल’ सिफारिस

९२ औं एकेडेमी अस्कर अवार्डका लागि अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट चलचित्र ‘बुलबुल’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति नेपालले ‘बुलबुल’लाई सिफारिस गरेको हो ।

समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगष्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो । भाद्र १३ गते शुक्रबारसम्म चलचित्र दर्ताका लागि आब्हान गगरिएकोमा उक्त मितिमा ‘बुलबुल’ मात्र सहभागी भए पछि स्वतः छनोट भएको समितिले जनाएको छ ।

सन् २०२० फेब्रुअरी ९ तारिखमा अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने अवार्डमा ‘बुलबुल’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्नेछ ।

टेम्पो चालक महिलाको कथा भन्ने चलचित्र ‘बुलबुल’मा स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी गिरी, दिपक क्षेत्री, जोयस पाण्डे, उज्वल अधिकारी, एलिना कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई बिनोद पौडेलले लेखन तथा निर्देशन गरेका हुन । अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डे लगायतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता राजाराम दाहाल हुन । चलचित्रमा सुशन प्रजापतीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र अनिमेश सापकोटाको सम्पादन रहेको छ ।