Bikash Subedi
Movie's Credit : Director / Associate Director / Story / Screenplay / DialogueSong's Credit : Director
News
‘नेरुफ्फ’मा मुकुन र दीया उत्कृष्ट अभिनेता–अभिनेत्री
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिवार आयोजित समारोहमा गतवर्षको हिट फिल्मलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड ‘प्रकाश’बाट विकास सुवेदीले प्राप्त गरे ।
चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिंगेदाउ’बाट मुकुन भुषालले प्राप्त गर्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केलाई प्रदान गरियो ।
फिचर फिल्म जुरी अवार्ड ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दीनेश राउतले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । उत्कृष्ट फिचर फिल्म छायाँकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गर्यो । छायाँकार चक्र बहादुर महर्जनले उक्त अवार्ड हात पारे ।
उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । उत्कृष्ट भाषिक फिल्मतर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड ‘परिवर्तन’बाट सरिता भारतीलाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड पनि ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरियो । उत्कृष्ट सर्ट फिल्म अभिनेताको अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्म अभिनेत्रीको अवार्ड ‘चरित्र’बाट श्रोता आचार्यले जितिन् । शुक्रवारबाट भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिवार साँझ समापन गरिएको हो ।
आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, अभिनेता उत्तम केसी,निर्माता संघका कोषाध्यक्ष ज्योती राइ लगायतले अवार्ड प्रदान गरेका थिए ।
महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपश्चात अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगद सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । अवार्ड वितरण समारोहमा बोल्ने वक्ताहरुले यस प्रकारको महोत्सवले नेपाली चलचित्रको प्रवद्र्धन र दर्शक बढाउनमा भूमिका खेल्ने बताएका थिए । शनिवार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास समेत आयोजना गरिएको थियो । अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरुसँग चलचित्रको बारे भलाकुसारी समेत गरेका थिए । तीन दर्जन बढी फिल्मकर्मी महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुगेका थिए । ग्रामीण परिवेशमा बनेका मौलिक फिल्मलाई महोत्सवमा सहभागी गराइएको थियो । गाउँठाउँमा बनेका फिल्महरु गाउँमै बसेर हेर्न पाउँदा स्थानीयहरु हर्षित देखिन्थे । आयोजक संस्थाका अध्यक्ष सापकोटाले आगामी वर्ष पनि ग्रामीण चलचित्र महोत्सवलाई निरन्तरता दिइने बताए ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

