Bikash Subedi
Movie's Credit : Director / Associate Director / Story / Screenplay / DialogueSong's Credit : Director
News
दियाले गर्व महशुस गरेको ‘प्रकाश’
यतिबेला चर्चाको चुलिमा छ चलचित्र ‘प्रकाश’ । घोषणाबाट नै चर्चामा रहेको यो चलचित्रको टिजर रिलिजसँगै चर्चा परिचर्चा शुरु भएको थियो । लगत्तै प्रदिप खड्काको क्यारेक्टर पोष्टर र प्रकाशको क्यारेक्टरका लागि उनले गरेको मेहनतले थप चर्चामा पुर्यायो ।
आजमात्र अभिनेत्री दिया मास्केको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । पोष्टर सार्वजनिक गर्दै दियाले चलचित्र ‘प्रकाश’ र त्यसमा निभाएको सिताको क्यारेक्टर बारे आफ्नो धारणा लेखेकी छिन ।
हरेक कलाकारका लागि आफुले गर्ने क्यारेक्टर मात्र होइन चलचित्र नै अब्बल बन्नु पर्छ भइनै हाल्छ । दियाको भनाईमा पनि उनले एउटा उत्कृष्ट चलचित्रमा काम गरेको सन्तुष्टि देखिन्छ ।
उनकै भनाईलाई मान्ने हो भने सिताको भुमिकामा फिट हुन उनलाई कठिन थियो तर, कहिल्यै पनि कठिन महशुस भएन । कारण उनी पात्रको गहिराईमा पुगेकी थिइन । उनले आफुले इमान्दार भएर उक्त पात्रलाई निभाएको भन्दै पोष्टर सेयर गरिरहदा गर्व महशुस गरेको जनाएकी छिन ।
दियाले एक अंश भइ काम गर्दा गर्व महशुस गरेको चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट प्रदर्शनमा आउँदै छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् । दियाले लेखकको प्रसंसा गर्दै शशक्त भुमिकाद्वारा सिनेमालाई नै धान्ने शक्तिका रुपमा महिला पात्रलाई सिनेमा आख्यानमा स्थापित गर्न थालिएको जनाएकी छिन ।
यस्तो छ दियाको भनाई ः
चलचित्रमा साहित्य चेत बढे संगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ। महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, 'चलचित्र न्यारेटिभ'को अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। दिया बाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु,रहनसहन सङ्ग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस भएन । गरिरहेको काम प्रती इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो भन्ने मलाई लाग्छ। आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महशुस गर्दैछु, यो सिताप्रतिको मेरो लगाव र गर्व दुवै हो।
कथा छनौट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिलेकाहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतीत हुन्छ। हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ। प्रकाश को टिज़र हेरेर मलाई धेरै ले मिठो प्रतिक्रिया दिनु भएको छ। सिनेमामा आफ्नो काम लाई लिएर अहिले बोल्नु अलि हतारो होला। मात्र यति भन्छु - समय बदलिएको छ। र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिका द्वारा सिनेमा लाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरु लाई सिनेमा आख्यान मा स्थापित गर्न थलिएको महसुस गरेको छु । यसैले मन देखि नै भन्न मन लाग्छ 'It's a beautiful time to be an actor in Nepali Cinemas'.Thank you for this sweet approach team.
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

