Anmol K.C.   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘२.० छड्के’मा यस्तो छ अनमोलको लुक्स

लेन्सनेपाल २०७९ भाद्र ११
‘२.० छड्के’मा यस्तो छ अनमोलको लुक्स

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ । छायांकनका वीच सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अनमोलको लुक्स आउट गरेको छ ।

सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट खिल्ली छ । उनको शरीर भरी ट्याटु खोपिएको छ । छातीमा १९९४ डेट खोपिएको छ । उनी आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने सिनेमामा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिकामा छन् । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमासंग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

६० दिनको छायांकन सेड्युल निकालिएको सिनेमा चितवन र मुस्ताङमा खिचिनेछ । छायांकनको क्रममा बिस्तारै अझै सिनेमा सम्बन्धि धेरै जानकारी सार्वजनिक गर्दै जाने निर्देशक श्रेष्ठले बताए ।