This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’को पोस्टर सार्वजनिक
अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘क्याप्टेन’को पोस्टर सार्वजनिक गरिएको छ । नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ । एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् । अर्को पोस्टरमा जर्सीसहित देखिएका छन् । उनको साथमा अभिनेताद्वय सुनिल थापा र प्रशान्त ताम्राकारलाई समेत स्थान दिइएको छ ।
सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले निर्माण गरेका हुन् । दीवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्रबाट उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दै छन् ।
चलचित्रमा सामिप्य राज तिमिल्सेनाको कथा, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द्व, सुदीप बरालको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको छ । फागुन १७ गते प्रदर्शन हुने चलचित्र क्याप्टेनको पहिलो गीत आगामी बिहिबार सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi





