Anmol K.C.   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

अनमोलको कोरोना रिपोर्ट नेगेटिभ

लेन्सनेपाल २०७७ श्रावन २६
अनमोलको कोरोना रिपोर्ट नेगेटिभ

अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार आएको रिपोर्टमा कोरोना नेगेटिभ आएको हो ।

केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहा कम्पनीको एक स्कूटरको विज्ञापनका लागि सँगै काम गरेका थिए । त्यसबेला सहभागी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनमोल र उपासना कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

उपासनाको रिपोर्ट भने शुक्रबार नै आएको हो । उपासनाले ह्याम्स अस्पतालबाट प्राप्त रिपोर्ट इन्स्टाग्राममा सार्वजनिक गर्दै आफूमा कोरोना संक्रमण नदेखिएको जानकारी गराएकी थिइन् ।

अनमोल र उपासनाले यसअघि चलचित्र क्याप्टेनमा एकसाथ काम गरेका थिए ।