Anmol K.C.   
Movie's Credit : Cast / Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

स्टारका कारण मात्र चलचित्र चल्दैन – अनमोल केसी

लेन्सनेपाल २०७५ फागुन ८
स्टारका कारण मात्र चलचित्र चल्दैन – अनमोल केसी

अनमोल केसी चल्तिका स्टार । अनमोलको उपस्थितिले पनि चलचित्रले बक्स अफिसमा कमाल गर्छ भन्ने बिश्वास धेरैमा छ । तर अनमोललाई भने स्टारका कारण मात्र चलचित्र चल्छ भन्ने कुरामा बिश्वास छैन ।

यसअघिका चलचित्र अनमोलको लुक्स र स्टारडमकै कारण चलेको तर, ति चलचित्रमा कन्टेन नभएको आरोप लाग्ने गथ्र्यो । अनमोल आगामी चलचित्र क्याप्टेनले त्यस्तो आरोपलाई चिर्ने बताउँछन् । स्टार पावरले वज क्रियट गर्ने र ओपनिङ्ग विजनेशमा प्रभाव पार्ने भएपनि चलचित्र सफल हुन स्टार मात्र नभएर कन्टेनपनि आवश्यक पर्ने उनको भनाई छ । कन्टेन राम्रो भएन भने स्टारका चलचित्र पनि असफल भएको उदाहरण दिदै अनमोलले अब आफु कन्टेनमा पनि फोकस भएको संकेत गरेका छन् । चलचित्र सफल हुनका लागि बलियो कन्टेनको पनि आवश्यकता महशुस गरेका उनी क्याप्टेनलाई लिएर निकै आशाबादी समेत देखिएका छन् ।

एक युवाले सफल फुटबलर बन्न गरेको संघर्षको कथा क्याप्टेनमा देखाइएको छ । क्याप्टेनको कन्सेप्ट अनमोलकै हो । उनी हरेक फुटबलर र फुटबल प्रेमीले एक न एक प्वाइन्ट आएर चलचित्रले देखाएको विषय र त्यसको प्रस्तुतिमा आफुलाई रिलेट गर्ने बिश्वास राख्छन् । यसअघि खेललाई लिएर बनाइएका कुनै पनि चलचित्रहरु सफल भएका थिएनन् । तर, अनमोल क्याप्टेनले खेलाडी र खेलप्रेमीको इमोसनलाई क्यारी गरेका कारण दर्शकको मन जित्नेमा आशाबादी छन् ।

फुटबलरको भुमिकालाई न्याय गर्न अनमोलले केही समय प्रशिक्षण समेत लिएका थिए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले प्रशिक्षण दिएका थिए । त्यति मात्र होइन हरिले नै चलचित्रका लागि फुटबल खेलको कोरियोग्राफी समेत गरेका छन् । हरि पनि क्याप्टेनले खेलाडी र खेलप्रेमीको मन जित्न सक्नेमा आशाबादी छन् । त्यसो त गेमका दृष्यहरु फेक नलागोस भनेर हरिले निकै मेहनत गरेको बताउँछन् ।

चलचित्र क्याप्टेन फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । दिवाकर भट्टराई निर्देशित चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन । चलचित्रमा अनमोलका अलवा प्रियंका एमभी, उपासना सिंह ठकुरी, सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, सुर्यमाला खनाल, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । एक गीतमा अनमोलसँगै भुवन केसी र निरुता सिंहले नृत्य गरेका छन् । क्याप्टेनको ट्रेलर र सार्वजनिक गरिएका दुई गीतहरु यतिबेला चर्चामा छन् ।