This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अनमोलको बोलिको मुल्य के ?
ब्राण्ड कति लामो समय टिक्छ त्यो त समयले बताउँला तर अभिनेता अनमोल केसी एउटा ब्राण्ड बनिसकेका छन् ।
पछिल्लो समयका विकाउ यि नायकले एउटा चलचित्रबाट ५० लाख सम्म पारिश्रमिक लिने गरेका छन् । केही वर्ष अघि सम्म झण्डै ५० लाखमै चलचित्र समेत बन्ने गर्थे । तर समय यसरी परिवर्तन भयो कि अहिले अनमालेलले ५० लाख पारिश्रमिक लिँदा पनि उनीसँग चलचित्रको कमी छैन । अनमोललाई लिएर बनेका चलचित्रको बजेट डेढ – दुई करोड हुने गर्छ । यद्यपी निर्माताले उनलाई लिदा बजार सुरक्षित देखेरै होला लगानी गर्न पछि पर्दैनन् ।
त्यसो त अनमोलले एकपटक २ वर्षमा एउटा चलचित्रमा काम गर्ने पनि बताएका थिए तर धेरै पटक वर्षमा एउटा नसके कम्तिमा ६ महिनाको अन्तरमा मात्र चलचित्रमा काम गर्ने बताएका छन् । त्यति मात्र होइन एउटा चलचित्र प्रदर्शन नभई अर्को चलचित्रमा काम नगर्ने समेत उनको भनाई थियो । तर, अनमोल आफ्नै बोलिमा अडिन सकेनन् । अनमोल ब्राण्ड यसरी डिमाण्डेड बन्यो कि उनले एकै वर्षमा ४ चलचित्रमा हस्ताक्षर गरे ।
अनमोलले यसै वर्ष ‘क्याप्टेन’, ‘व्याचलर बन्टी’, ‘ए मेरो हजुर ३’ र एक हिन्दी चलचित्रमा काम गर्ने सम्झौता गरेका थिए । सम्झौता मात्र होइन उनले चलचित्र क्याप्टेनको छायाँकन सकाए लगत्तै ए मेरो हजुर ३ को छायाँकनमा व्यस्त छन् यतिबेला । क्याप्टेनको छायाँकन लगतै अनमोलको सांगीतिक कार्यक्रम ‘अनमोल इभ’ भयो । नेपाल टुरको क्रममा पोखरामा भएको त्यही कार्यक्रम मार्फत ए मेरो हजुर ३ को छायाँकन सुरु भयो । भाद्र १६ गते बिन्दबासिनि मन्दिरमा पुजा गर्दै छायाँकन आरम्भ गरिए पनि असोज ६ गतेबाट औपचारिक रुपमा छायाँकन गर्ने भनियो । सो मितिमा पनि सुरु हुन नसकेको चलचित्रको औपचारिक छायाँकन असोज २४ गतेबाट सुरु भयो । छायाँकन अगावै नयाँ वर्षको अवसर पारि चलचित्र चैत्र २९ मा प्रदर्शन हुने बताइयो ।
यता अनमोलले अभिनय गर्ने भनिएको अर्को चलचित्र ब्याचलर बन्टी असोज ३० गतेबाट छायाँकनमा जाने बताइएको थियो । ए मेरो हजुर ३ को छायाँँकन सकिए पछि ब्याचलर बन्टीको छायाँँकन सुरु गर्ने योजनामा यसका निर्देशक मिलन चाम्स थिए । उनले फेसबुकमा स्टाटस लेखेरै असोज ३० गतेबाट छायाँकनमा जाने जनाएका थिए । यति सम्मकी फागुन १७ गतेलाई उनले प्रदर्शन मिति समेत तय गरिसकेका थिए । अहिले सो डेटमा क्याप्टेन रिलिज हुँदैछ । ए मेरो हजुर ३ समयमै छायाँकनमा नगएका कारण ब्याचलर बन्टी निर्धारित समयमा छायाँकनमा जान सकेन । अहिले पनि ए मेरो हजुर ३ को छायाँकन जारी छ । ब्याचलर बन्टी अन्यौलमा छ ।
अनमोलले हस्ताक्षर गरेको नाम तय नभएको हिन्दी चलचित्रको छायाँकन समेत फागुन १५ बाट हुने भनिएको थियो । तर, फागुन १७ मा क्याप्टेन रिलिज हुने भएपछि यो चलचित्र अनमोलले गरे भने पनि निर्धारित समयमा छायाँकनमा जाने सम्भावना निकै कम छ ।
यो त रह्यो अनमोलका चलचित्रको छायाँकन बारेको कुरा । अब प्रदर्शनको कुरा गरौं । जसले जुन मिति लक गरे पनि अन्ततः यो वर्ष अनमोलका २ चलचित्र मात्र प्रदर्शन हुने भएका छन् । त्यो पनि डेढ महिनाको अन्तरमा । यो वर्ष क्याप्टेन फागुन १७ र ए मेरो हजुर ३ चैत्र २९ मा प्रदर्शन हुँदैछन् । आखिर किन डेढ महिनाको अन्तरमै दुई चलचित्र प्रदर्शन हुँदैछन् त ? यसका पछाडी अनमोलको हात त नहोला तर, अनमोलको होम प्रोडक्सनको कमजोरी भने देखिएको छ । क्याप्टेन अनमोलको होम प्रोडक्सनको चलचित्र हो । यो चलचित्र यसअघि तिहारको अवसर पारी कात्तिक १६ वा २३ गतेबाट प्रदर्शनमा आउने चर्चा थियो । निर्माण पक्षले लगभग कन्र्फम समेत भनेको थियो । तर समयमै प्राबिधिक काम नसकिएका कारण यसको प्रदर्शन धकेलियो । नेपाली चलचित्रकर्मीको विदा खाने भन्ने एउटा रोग नै हो भन्दा फरक नपर्ला । यही रोगका कारण बिदा खोज्दै जाँदा फागुन १७ मा रिलिज उपयुक्त देखे । फलतः क्याप्टेन फागुन १७ मै आउने भयो । ए मेरो हजुर ३ ले पहिले नै चैत्र २९ मा प्रदर्शन मिति तय गरिसकेको अवस्थामा क्याप्टेन फागुन १७ मा आउनु संयोग होला तर, एउटा कलाकारलाई पर्न सक्ने सम्भावित असरको पूर्वानुमान गर्न नसक्नु कमजोरी पनि हुन सक्छ ।
यता ए मेरो हजुर ३ आफ्नो पूर्व निर्धारित मितिबाट तलमाथी नहुने भयो । निर्माता सुनिल कुमार थापाले चैत २९ मा चलचित्र प्रदर्शनमा नआए यो क्षेत्र नै छाड्ने उद्घोष गरिसकेका छन् । जसका कारण डेढ महिनाकै अन्तरमा २ चलचित्र प्रदर्शन हुने भए । यदि क्याप्टेन कात्तिकमै प्रदर्शन भएको भए यो अन्तर निकै हुन्थ्यो । पहिले नै फागुन १७ लाई लक गरेको भए सायद ए मेरो हजुर ३ नयाँ वर्षको अवसरमा प्रदर्शन हुने थिएन ।
हालै क्याप्टेनको गीत रिलिज कार्यक्रममा अनमोलले यसै बारेमा आफ्नो भनाई समेत राखेका छन् । डेढ महिनाको अन्तरमा दुई चलचित्र रिलिज सम्वन्धमा पत्रकारले राखेको प्रश्नको जवाफमा उनले घुमाउरो शैलीमा आफू निर्माताको चेपुवामा परेको आशय व्यक्त गरे । आफुलाई पनि दुई चलचित्रको बिचमा केही समय ग्याप होस् भन्ने लागेको बताउँदै आफुले त्यसका लागि कोसिस समेत गरेको बताए । तर, प्रदर्शन मिति निर्माताले तय गर्ने भन्दै आफु त्यसमा बोल्न नमिलेको समेत सुनाए । उनले अघि थपे – ‘तपाईले आफ्नो अडियन्सलाई इन्गेज्ड गर्न सक्नुभयो भने रिलिज अन्तरले खासै फरक पार्दैन । दुवै चलचित्रमा म दोहोरिए पनि समानता चाहिँ पाउनुहुन्न, यो म प्रमिस गर्छु ।’
त्यसो त अनमोल बोल्नै नमिल्ने वा उनको कुरा कसैले नसुन्ने भन्ने हुँदै होइन । उनले आफुले कोसिस गरेको तर त्यसमा असफल भएको स्वीकारेका पनि छन् । ल ठिकै छ ए मेरो हजुर ३ मा उनको कुरा सुनिएन, होम प्रोडक्सनमा त उनको कुरा सुनिन्छ होला नी ? उनले आफ्नै चलचित्रलाई पनि यता उता सार्न सक्ने । तर त्यसो पनि गरेनन् वा उनको कुरा सुनिएन, बरु चलचित्रको विषय र प्रस्तुति फरक छ भन्दै एकले अर्कोलाई असर नगर्ने बताउन थाले ।
अनमोलको क्रेज अभिनय भन्दा पनि लुक्सका कारण ज्यादा छ । लुक्सकै बलमा उनको स्टारडम चुलिएको छ । भलै अभिनयमा उनले निखारत ल्याउने कोसिस गरिरहेका छन् । जे होस् उनका दुबै चलचित्र सफल हुन, शुभकामना । तर, कुरा उठ्छ बोल्ने एउटा काम गर्ने अर्को, त्यसो भए उनको बोलिको मुल्य के ?
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi






