This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अनमोलको इमोशनसँग जोडिएको ‘ए मेरो हजुर ३’
धेरैलाई थाहा होला अनमोल केसी म्युजिकका पारखी हुन । अभिनयमा नआएको भए सायद उनी यतिबेला सांगीतिक क्षेत्रमै रमिरहेका हुन्थे । उनै अनमोलले चैत्र २९ बाट प्रदर्शन हुने चलचित्र ‘ए मेरो हजुर ३’ मा म्युजिकल स्टारको रुपमा काम गरेका छन् ।
स्कूल पढ्दा देखि नै अनमोलको रुचि पढाईमा भन्दा बढी संगीतमा थियो । कक्षा आठमा पढ्दा उनले केही साथीहरुसँग मिलेर ‘एनटिओ सेभेन’ नामको व्याण्ड पनि स्थापना गरेका थिए । जुन व्याण्डमा अनमोल रिदम गितारिष्ट र भोकलिष्ट थिए । यद्यपी अहिले यो व्याण्ड निस्कृय छ । तर, पनि अनमोलमा संगीतको भोक मेटिएको छैन ।
अनमोल केसीको जीवनी हेर्नका लागि यो भिडियोमा क्लिक गर्नुहोला | Anmol Kc | Biography
नायकका रुपमा चलचित्रमा काम गर्नु पूर्व उनले सन् २०१२ को चलचित्र ‘साथी म तिम्रो’मा विशेष उपस्थिति जनाएका थिए । जहाँ ‘अनमोल लाइभ इन कन्सर्ट’ नामक इभेण्टमा उनी रक स्टारको रुपमा देखिएका थिए । यद्यपी अनमोलको सोख पुरा भएको थिएन । उनलाई म्युजिकल लभ स्टोरी चलचित्रमा काम गर्ने इच्छा पहिले देखि नै थियो । म्युजिक क्यारेक्टरमा काम गर्ने रुचि पालेका अनमोलको त्यो इच्छा ‘ए मेरो हजुर ३’ ले पुरा गरेको छ ।
सानै देखि संगीतमा बढी रुचि राख्ने गरेको, आफ्नो फष्ट लभ म्युजिक भएको अनि आफुलाई म्युजिकल लभस्टोरी चलचित्रमा काम गर्ने तिब्र इच्छाका बिच आएको यो चलचित्रलाई अनमोलले ड्रिम प्रोजेक्ट समेत भनेका छन् । जहाँ उनी प्रेम नामक सिंगरको भुमिकामा देखिदैछन् । आफु भित्र भएर पनि देखाउन नपाएको म्युजिकल ट्यालेण्ट समेत यो चलचित्रमा देखाएको उनको भनाई छ । उनी ‘ए मेरो हजुर ३’ आफ्नो इमोसनसँग जोडिएको चलचित्र भएको बताउँछन् ।
झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर ३ मा अनमोलले झरनाकै छोरी सुहाना थापासँग अनस्कृन रोमान्स गरेका छन् । सुहानाको यो डेव्यु चलचित्र हो । चलचित्रमा म्युजिकल स्टार र फ्यान बिचको लभ स्टोरीलाई देखाइएको छ । सार्वजनिक गीतसंगीत र ट्रेलरले राम्रो प्रतिकृया पाइरहदा चलचित्र प्रतिको अपेक्षा समेत बढ्दो छ ।
अनमोलसँग किन दोहिरिदैनन् नायिकाहरु ! यस्तो छ कारण
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire




