News
साहित्यकारहरूका लागि ‘नीरमाया’को बिशेष शो
चलचित्र ‘नीरमाया’को बिशेष प्रदर्शनि गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्रको बिशेष शो गरेको हो । जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको चलचित्रको उक्त शोमा साहित्यकारहरुले चलचित्र हेरेका छन् ।
समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई चलचित्रमा देखाइएको छ । कला र शिपको राम्रो संयोजन रहेको चलचित्रमा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ। चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमुलक रहेको छ।
चलचित्र हेरी सके पश्चात वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा. दामोदर पुडासैनी, मधु पाठकलगायतले चलचित्रले उठान गरेको विषय वस्तुको तारिफ गरेका छन् ।
अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको चलचित्रमा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।
चलचित्रमा रमेश बुढाथोकी,लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, अनीता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।
रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द, कमल अधिकारी र रिमेश कुमारको संगीत रहेको छ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





