Akash Adhikari
Movie's Credit : Cast / Director / Producer / Story / Screenplay / Dialogue / Lyricist / Music Director
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
आकाश अधिकारीको नेतृत्वमा महासंघको चलचित्र तथा मनोरञ्जन फोरम
नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । राजधानीमा आयोजित कार्यक्रमका बिच बिस्तारित फोरमका सदस्य तथा पदाधीकारीको औपचारिक घोषणा गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित फोरमको सह–सभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर नियुक्त भएका छन् ।
यस्तै फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगित तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल र प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली मनोनित भएका छन् ।
यस्तै फोरमको आमन्त्रित सदस्यमा चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, हास्यकलाकार केदार घिमिरे, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश प्राखिन, लोक गायिका मञ्जु पौडेल, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक सामिप्य तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, चलचित्र सम्पादक शिव पुरी, गीतकार लोकराज अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ र संगीतकार चेतन सापकोटालगायतका केही चलचित्रकर्मी र व्यवसायि मनोनित भएका छन् ।
त्यसैगरी फोरमका सल्लाहकारहरूमा वरिष्ठ कलाकार निर शाह, गीतकार डा. भोला रिजाल, निर्देशक राजेन्द्र सलभका साथै कमला श्रेष्ठ र प्रेमाराज्य लक्ष्मी सिंह रहेका छन् ।
उक्त कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि मुलुकको कला संस्कृति भनेको त्यस देशको सवैभन्दा बलियोनिधि भएको बताएका छन् । अध्यक्ष गोल्छाले समग्र चलचित्र र यससंग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडी लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत फोरमलाई आग्रह गरे ।
सोही दिन सभापति अधिकारीको अध्यक्षतामा बसेको बैठकले चलचित्र उद्योगले राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा समेटिएकाले समग्र चलचित्र तथा गीत संगीत क्षेत्रको विकासका लागि सरकारले दिनुपर्ने सहयोग लगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेश गर्ने, विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सम्बन्धित देशहरूमा नेपाली चलचित्र, गित संगीतको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षण लगायतका विषयमा काम गर्ने निर्णय गरेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


