7 Seas International   
Movie's Credit : International Distributor

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०८२ भाद्र ३
‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

चलचित्र ‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । रिलिजको ९ दिनअघि आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरले चलचित्र सम्बन्धको कथामा रहेको प्रष्ट पार्छ । ट्रेलरमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खतिवडा, ऋचा शर्मालगायत कलाकार देखिएका छन् । ट्रेलरमा थ्रिलर र सस्पेन्स पनि छ । 

ट्रेलर हेर्दा चलचित्रको केन्द्रमा अभिनेत्री सुरक्षा पन्त रहेको बुझ्न सकिन्छ । ट्रेलरमा आर्थिक अभाव, पारिवारिक कलह, दाम्पत्य जीवनका चुनौती, गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्दा समाजले गर्ने व्यवहारलाई पनि देखाइएको छ ।

भावनात्मक पक्षलाई बलियो रुपमा देखाइएको चपलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । सरोज कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक समेत हुन् ।

भदौ १२ गते देखि प्रदर्शनमा आउने चलचित्रको छायाँकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको हो । 

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन र आशीष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । 

नेपाल रिलिजकै दिन प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले ‘कोशेढुंगा’लाई ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने गर्दैछ ।