7 Seas International   
Movie's Credit : International Distributor

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

हलमा लाग्यो ‘कोशेढुंगा’, प्रिमियरमा भयो तारिफ

लेन्सनेपाल २०८२ भाद्र १२
हलमा लाग्यो ‘कोशेढुंगा’, प्रिमियरमा भयो तारिफ

भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा आज बिहिबारबाट चलचित्र ‘कोशेढुंगा’ प्रदर्शनमा आएको छ । सोसल–ड्रामा जनराको यो चलचित्र नेपाल सहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले नेपालमा सय भन्दा बढी शो पाएको छ । 

सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशन रहेको चलचित्रको रिलिजको पूर्व सन्ध्यामा बुधबार प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘कोशेढुंगा’को कथावस्तु महिलाप्रधान छ । चलचित्रको पहिलो हाफ रमाइलो छ भने दोस्रो हाफले दर्शकलाई भावुक बनाउने चलचित्रकर्मीको प्रतिक्रिया छ । एउटी महिलाले आफ्नो प्रेम प्राप्ती र श्रीमानको जीवन रक्षाका लागि के सम्म गर्न सक्छिन् भन्ने कुरा निर्देशक पौडेलले भावनात्मक रुपमा देखाएको प्रतिक्रिया प्रिमियर पछि मिलेको छ ।

ग्रामीण परिवेशमा छायांकन गरिएको चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त र मञ्जिल कुमार छन् । यस्तै ऋचा शर्मा, आर्यन सिग्देल, सरोज खनाल, नीति शाह, सृजना अधिकारी, प्रविण खतिवडालगायतका कलाकारको पनि अभिनय रहेको छ ।  नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेबिल कँडेल र किशोर अनुरागको लगानी रहेको छ भने कार्यकारी निर्मातामा दिनेश खड्का छन् ।