7 Seas International   
Movie's Credit : International Distributor

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

एकसाथ ४० देशमा प्रदर्शन हुँदै चलचित्र ‘कोशेढुंगा’

लेन्सनेपाल २०८२ आषाढ ११
एकसाथ ४० देशमा प्रदर्शन हुँदै चलचित्र ‘कोशेढुंगा’

सम्भवत् पहिलो पटक कुनै नेपाली चलचित्र एकसाथ ४० भन्दा धेरै देशमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरनेसनलले चलचित्र ‘कोशेढुंगा’लाई नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज गर्न लागेको हो ।

चलचित्र भदौ १२ गते एकसाथ विश्वभर प्रदर्शन हुने सेभेन सिजका प्याट्रिक सुवेदी र रमेश ढकालले जनाएका छन् । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशन रहेको चलचित्र नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायतका देशमा रिलिज हुनेछ ।

स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाँकन गरिनुका साथै चलचित्रका केही दृष्यहरु काठमाडौंमा सेट लगाएर छायाँकन गरिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन र आशिष अविरल र रिदम कँडेलको संगीत छ ।