संगीतकार बाँस्कोटाको एकल गायनसँगै सिड्नीमा ‘ग्रान्ड प्यालेस’को उद्घाटन
वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको एकल गायन प्रस्तुतिसँगै अस्ट्रेलियाको सिड्नीमा ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’को उद्घाटन गरिएको छ । सिड्नीस्थित पारामाटा रोड अर्बनमा आइतबार उद्घाटन् गरिएको सेन्टरलाई चलचित्र पीआरका निर्माता रञ्जित शाह र सन्तोष तिवारीका साथै निर्देशक शोभित बस्नेतले स्थापना गरेका हुन् ।
निर्देशक बस्नेतका अनुसार, सिड्नीमा ठूला स्तरका सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न हल अभाव भएकोले फङ्सन सेन्टरको स्थापना गरिएको हो ।
फङ्सन सेन्टरमा दुईवटा फरक क्षमताका हलहरू रहेका छन् । एउटामा करिब ४०० जना र अर्कोमा करिब २०० जनासम्म अट्ने जनाइएको छ । अब हरेक महिना नेपालबाट कलाकार बोलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने सञ्चालकले जनाएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
