‘जिरो डिग्री’ निर्माणको घोषणा, विजय बराजको मुख्य भूमिका
अभिनेता विजय बराललाई मुख्य भूमिकाम रहने चलचित्र ‘जिरो डिग्री’ निर्माणको घोषणा गरिएको छ । चलचित्रलाई सजन काफ्ले र आकास बरालले निर्देशन गर्नेछन् । उनीहरुले यसअघि ‘बेहुली फ्रम मेघौली’को निर्देशन गरेका थिए ।
सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन् ।
सडक नभएको गाउँमा बस्ने आफ्ना मातापिताको निधन हुँदा, विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा चलचित्रको कथा केन्द्रित रहेको जनाइएको छ । चलचित्रमा लाइट कमेडी समेत रहेको जनाइएको छ ।
तिहारपछि सुरु हुने चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन् । आगामी वर्ष प्रदर्शन गर्ने योजना रहेको गीतहरूमा अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको गीत रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
