Mahajatra

‘यात्रा’ले दियो बृद्धाश्रमलाई टिभी उपहार

२०७५ चैत्र २४
‘यात्रा’ले दियो बृद्धाश्रमलाई टिभी उपहार

चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ टिमले छायाँकन गरिएको बृद्धाश्रमलाई टिभी उहार दिएको छ । चार दिन सम्म चलचित्रको छायाँकन गरिएको लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रममा आश्रीत जेष्ठ नागरिकहरुका लागि यात्रा टिमले ४९ इन्चको एलइडी टिभी उपहार प्रदान गरेको हो ।

चैत्र २९ गतेबाट प्रदर्शनमा आउने हुँदा प्रचारप्रसारको व्यस्तता त छदैछ । त्यसैबिच आश्रमबाट भेटघाटका लागि निम्तो आएपछि चलचित्र टिम उपहार सहित पुगेको बताइन्छ । आश्रममा रहेका झन्डै ३५ जेष्ठ नागरिकलाई भेट्न अभिनेताद्वय सलिनमान बनिया र रेअर राईसँगै निर्माताहरु चिज कुमार श्रेष्ठ, सुशील पोखरेल र सर्जुमान लिगल लप्सिदेफी पुगेका हुन् । कलाकार सलिनले बृद्ध आमाबुबा सँग कुराकानी गर्दै फेरी एकपटक भेट्न पाएकोमा खुशी लागेको बताएका छन् । छायाँकनको समयमा पनि आफु आश्रममा बसेको स्मरण गर्दै उनले त्यहाा रहेका बुबाआमासँगको भेट आत्मीय रहेको सुनाए । यस्तै रेअरले पनि फेरी भेट्न पाउँदा खुसि लागेको बताए ।


चलचित्रमा सलिन र रेअरसँगै मलिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतका कलाकारको अभिनय रहेको छ । सम्राट शाक्यको निर्देशन रहेको चलचित्र म्युजिकल लभ स्टोरी जनराको हो । कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ चलचित्र प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता, सुशील पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता रहेका छन् ।