‘उपहार’ प्रदर्शनमा, प्रिमियरमा भयो चलचित्रको प्रशंसा
चलचित्र ‘उपहार’ प्रदर्शनमा आएको छ । शिबरात्रीको अवसर पारि चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा राजधानीमा चलचित्रको प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्र हेर्न चलचित्रकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर पछि चलचित्रले आगन्तुकहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । प्रिमियरमा निर्देशक देउजासँगै अभिनेत्रीद्वय शर्मा र हमाल, अभिनेतात्रय भुषाल, कार्की र गिरी उपस्थित भएपनि अभिनेत्री थापाभने उपस्थित हुन् सकिनन् । चलचित्रको प्रस्तुतकर्ता समेत रहेकी अभिनेत्री थापाले भिडियो संदेशमार्फत सबैलाई सम्बोधन गर्दै भनिन – ‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । चलचित्र हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ ।’ उनले अघि थपिन – ‘यो चलचित्रमा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाईएको छ । स्वाभिमानी महिलाको कथा हो ।’
प्रिमियरमा उपस्थित अभिनेत्री केकी अधिकारी, अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, कृषा चौलागाई, दिवाकर भट्टराई, मोडल उषा उप्रेतीलगायतले कथाले मन छोएको बताए । यस्तै संगीतकार अर्जुन पोखरेल, कलाकार शिवहरि पौडेल, लेखक प्रदीप भारद्वाजलगायतले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् भने सुलभ प्रतिक र समीक्षा देउजा निर्माता हुन् । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
