Mahajatra

‘लाखे’को ‘तिम्रो पिरिम’ सार्वजनिक

२०७९ असोज ३०
‘लाखे’को ‘तिम्रो पिरिम’ सार्वजनिक

चलचित्र ‘लाखे’मा समावेश ‘तिम्रो पिरिम’बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्कुलेस बस्नेत र सदिक्षा कट्टेटको स्वर र हर्कुले बस्नेतकै शब्द संगीत रहेको छ । कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा क्लव भर्सनमा आकर्षक ढंगले कोरियोग्राफी गरिएको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रका निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) हुन् ।

चलचित्रमा सुजन प्रजापतिको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन, अर्जुन जिसीको सम्पादन र दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको पटकथा आकाश बरालले हुन भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।