पुष २९ मा साम्राज्ञीको ‘तिम्रो मेरो साथ’
चलचित्र ‘तिम्रो मेरो साथ’ पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् ।
प्रेम कथामा निर्माण भएको चवलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्री र सरोज खनालको मुख्य भूमिका रहेको छ । सबिर श्रेष्ठको पटकथा रहेको चलचित्रमा शिव ढकालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन छ ।
बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको चलचित्र नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
