‘हिजो आजका कुरा’ को ‘तिमी पहिले’

गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ सार्वजनीक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेव फिचर छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द र संगीत रहेको छ ।
साकार पन्त निर्देशित चलचित्रको गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा बरिष्ठ अभिनेता सन्तोष पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।
चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal