छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत

लेन्सनेपाल २०७८ मंसिर १७
छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत

छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको मुर्हूत गरिएको हो ।

आशुतोष अधिकारीको निर्देशनमा बन्ने चलचित्रले दृष्टिविहिनको कथा भन्नेछ । चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल, सुरज पोख्रेललगायत कलाकारको अभिनय रहनेछ ।

लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्यमा निर्माण हुने चलचित्रको छायाँकन चितवन र पोखरामा हुनेछ । विनोद मिश्र प्रस्तुतकर्ता रहेको चलचित्रमा केडी प्रसिद्ध कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा  सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, विमल लामाको संगीत र स्वर, आरती अधिकारी आचार्यको कथा र रफी शाहको पटकथा र संवाद रहेको छ ।