Modibeni
Numbari Sun

‘द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक 

२०८० फागुन २९
‘द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक 

आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । फिडेल देवकोटाले निर्देशन गरेको चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबहरुमा अवार्ड समेत जितिसकेको छ ।

आगामी ३० चैतमा रिलिज हुने चलचित्रको फस्ट लुक्स (पोष्टर) मँगलबार सार्वजनिक गरिएको छ । फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ । चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् । 

गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वल्र्ड प्रिमियर भएको चलचित्रले फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड हाँसिल गरेको थियो । यस्तै जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ ।

निर्देशक फिडेलले चलचित्रबारे भने – ‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरुको बर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं ।’  

श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल र शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् ।

अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई पनि ऐना झ्यालको पुतली जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् ।

Gharjwai