‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने

काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए ।
फेस्टिभल यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा सुरु भई भदौ १६ गते आइतबार समापन हुनेछ । यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो, जसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो ।
राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताए । साथै, उनले भविष्यमा पनि यो फेस्टिभल निरन्तर आयोजना गरिने जनाए ।
यस फेस्टिभलमा थाई चलचित्र बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् । दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका चलचित्रहरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद समेत चाख्न पाउनेछन् ।
फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ५:३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शनसँगै हुनेछ । त्यसपछि सोही साँझ ‘प्याड थाई द मुभी’ देखाइनेछ । भदौ १५ गते मध्यान्ह १२:१५ बजे ‘टुगेदर द मुभी’ र दिउँसो ३ बजे ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ । अन्तिम दिन भदौ १६ गते साँझ ५:३० बजे ‘ड्रिम अ लिटिल ड्रिम’ र त्यसपछि साँझ ७ बजे ‘ब्रोकन सोर्ड हिरो’ चलचित्र प्रदर्शन हुनेछ । फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal