‘सतीदेवी’ निर्देशक सुबेदीले भेटे संचारमन्त्री

संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदी बीच बुधबार मन्त्रीकै कार्यकक्ष, सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको बिकास, बिस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।
निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको बिषयबस्तुको बारेमा बिस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्र बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपन युक्त चलचित्रलाई राज्यले बिशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए । मन्त्री शर्माले आफू सधै नेपाली चलचित्रको गुणस्तरिय र ब्याबसायिक बिकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागीपरेको बताइन् ।
मन्त्री शर्माले चलचित्र अभिब्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको बिकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक चलचित्र निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।
संचारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको बताउदै मन्त्री शर्माले समग्र चलचित्र क्षेत्रको जिम्मेवारीपूर्ण अभिभावकत्व बहन गरेको उल्लेख गरेका छन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal