‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक

महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो ।
दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत फिचर्ड छन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण चलचित्रका लेखक र निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । चलचित्रले गीत संगीतको माध्यमबाट दर्शकमाझ पुरानो ‘रेशम फिलिली’को जस्तो प्रभाव छोड्ने विश्वास निर्माण टिमको छ ।
चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । चलचित्रमा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
चलचित्रमा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
Latest Updates
-
‘सिटामोल’को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया, उत्साहित निर्माण टिम
-
-
-
-
-
अस्करले घोषणा गर्यो तेस्रो संस्करणको युवा छोटा चलचित्र प्रतियोगिता
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak