छायाँकन अगावै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

चलचित्र ‘सोल्टिनी’को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो । हाल पोस्टर सार्वजनिक गर्दै निर्देशक अर्जुन सुवेदीले चलचित्रको छायाङ्कन प्रक्रिया छिट्टै सुरु हुने सङ्केत गरेका छन् ।
पोस्टरमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा प्रस्तुत गरिएको छ । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन् । भोजपुरको सुन्दर प्राकृतिक परिवेशमा छायाङ्कन हुने ‘सोल्टिनी’ ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउनेछ । साथै, मुख्य पात्रहरू बीचको प्रेमकथाले चलचित्रलाई थप रोचक बनाउने निर्देशक सुवेदीले बताए ।
चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ । चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । चलचित्रका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । यही पुसको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘सोल्टिनी’ लाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi