चलचित्र 'सोल्टिनी'को शीर्ष गीत 'दाजुको साली' सार्वजनिक
भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'सोल्टिनी'को शीर्षक गीत 'दाजुको साली' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एस.डी. योगीको स्वर, अर्जुन सुवेदीको शब्द र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।
अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ ।
अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रमा प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ । विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता 'हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम'को संलग्नता रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् ।
इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीले गरेका छन् । दुई प्रमुख पात्रबीचको प्रेमकथा नै यस चलचित्रको मुख्य आकर्षण हुने बताइएको छ ।
'सोल्टिनी'को छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । कथा–पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ । चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
