‘काठमाडौं सर्ट फिल्म फेस्टा ०२२’को आवेदन खुल्ला

‘काठमाडौं सर्ट फिल्म फेस्टा ०२२’को आवेदन खुलेको छ । छैठौं संस्करणमा सहभागीताका लागि छोटा चलचित्रहरु आब्हान गरिएको आयोजक छायाँछवि क्रियसनले जनाएको छ ।
फेस्टामा सहभागीताका लागि २०७९ असार २६ गतेसम्म चलचित्र दर्ता गर्न सकिने जनाइएको छ । फेस्टामा छोटा चलचित्र र छोटा वृत्तचित्रले भाग लिन पाउने छन् । सहभागी हुने चलचित्र २ मिनट देखि ५९ मिनेट भित्रको हुनुपर्नेछ ।
फेस्टामा सहभागीबाट बेस्ट सर्ट फिल्म (फिक्सन), बेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट र स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, बेस्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड लगायतका बिधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।
यी मध्ये बेस्ट सर्ट फिल्म (फिक्सन) र बेस्ट सर्ट फिल्म (डकुमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
Latest Updates
New Releases (Ashad 10)
-
Ghanachakkar
Director : Jeetendra Rajopadhyaya
Casts : Saugat Malla, Salon Basnet, Shishir Bhandari, Saroj Khanal, JB. D.C.
Next Releases (Ashad 24)
-
Dokh
Director : Anup Baral
Casts : Diya Maskey, Maotse Gurung, Roy Div, Kamal Devkota, Lokmani Sapkota