निर्देशनमा कमब्याक गर्दै विश्वकै कान्छा निर्देशक विष्ट

विश्वकै कान्छो चलचित्र निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टले ६ वर्षपछि चलचित्र निर्देशनमा कमब्याक गर्ने भएका छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत सौगातको निर्देशन रहने छोटो चलचित्र ‘भुवा’ निर्माणको जानकारी दिइएको हो । सौगातले सामाजिक सञ्जालमार्फत पोष्टर सार्वजनिक गरेपनि थप विवरण भने केही खुलाइएको छैन ।
हप्ता दिन भित्रै छायाँकनमा जाने जनाइएको चलचित्र डान्स फिवरको ब्यानरमा बन्ने छ । बुझ्नमा आए अनुसार छोटो चलचित्रमा बाल कलाकारका रुपमा राष्ट्रिय पुरस्कार समेत जितेकी संगल बिष्टको लेखन रहने छ । चलचित्रको विषय वस्तु र अन्य कलाकारबारे केही दिनमा जानकारी दिने जनाइए पनि गजितको समेत अभिनय रहने बुझिएको छ ।
सन् २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा फिचर चलचित्र ‘लभ यु बाबा’को सफल निर्देशन गरि सौगातले बिश्वकै कान्छा निर्देशकका रुपमा गिनिज बवल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए । त्यसयता सन् २०१८ मा उनी निर्देशित चलचित्र ‘हैरान’ प्रदर्शनमा आएको थियो ।
यतिबेला सौगात १८ वर्ष पुगेका छन् । यो विचमा अध्ययनमा केन्द्रित सौगातले छिट्टै फिचर चलचित्र निर्देशन गर्ने र त्यसकै पूर्व तयारी स्वरुप यतिबेला छोटो चलचित्र गर्न लागेको बुझ्नमा आएको छ । दशै तिहारको छुट्टीलाई सदुपयोग गर्दै उनले यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal