चलचित्र ‘सारंग’को टिजर सार्वजनिक
निर्देशक प्रशान्त तामाङको चलचित्र ‘सारंग’ को टिजर बिहीबार सार्वजनिक गरिएको छ । माघ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी–साथीबीचको प्रेम र समर्पणको बिषय प्रस्तुत गरेको देखिन्छ । टिजरमा शहरिया जीवनशैली र आपसी सम्बन्धलाई निकै सुन्दर तवरले उजागर गरेको पाइन्छ ।
कोरियोग्राफरको रुपमा परिचित निर्देशक तामाङ स्वयम्को लेखन रहेको चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दिपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन् । निर्देशक तामाङले चलचित्रमा बाल मनोबिज्ञान, बालअधिकार, धनी र गरिब परिवारबीचको खाड्लको यथार्थ कथा देखाएको बताउने गरेका छन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको चलचित्रका गीतमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको चलचित्रको डिओपी गोपाल राय हुन् । मित्र डि गुरुङले सम्पादन गरेको चलचित्र स्टेशन ५ ले बितरण गर्दैछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
