‘सानो संसार’को प्रदर्शन मिति हेरफेर, असोज ११ मा प्रदर्शन हुने
निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको चलचित्र अब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने भएको छ ।
निर्माता अर्जुन कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो चलचित्र ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । चलचित्रमा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा चलचित्र निर्माण भएको छ । चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले यो चलचित्रलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडासैनीले चलचित्रलाई निर्देशन गरेका हुन् । यही चलचित्रबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई चलचित्रको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
