‘सम्झना बिर्सना’को पोष्टर सार्वजनिक
चलचित्र ‘सम्झना बिर्सना’को फष्टलुक पोष्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । २०७७ को जेठ २ लाई प्रदर्शन मिति तोकिएको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ ।
निमेष प्रधानको निर्देशन रहने चलचित्रमा आकाश र पुजाका अलवा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा केन्द्रित रहेको जनाइएको चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको हो ।
आदित्य फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । चलचित्रमा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन, कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद रहेको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal