‘डल्लेले इन्ट्री मार्यो’मा सागरको जोडी बन्दै रोशनी
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को शीर्ष भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का अनुबन्ध भएकी छिन् । राजु गिरीको निर्देशनमा बन्ने चलचित्रको निर्माण टिम र रोशनी बिच लिखित सम्झौता भएको हो ।
चलचित्रमा रोशनी चर्चित हाँस्य कलाकार सागर लम्साल (बले)को जोडीका रूपमा देखिने छिन । ‘मिस नेपाल २०२५’मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि उनी चर्चामा आएकी हुन् ।
लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायतका कलाकारले अभिनय रहनेछ ।
श्याम तामाङको छायाङ्कन, देव महर्जनको द्वन्द्व, अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको सङ्गीत रहने चलचित्रको छायाङ्कन चितवन र काठमाडौँमा हुनेछ ।
सामाजिक कथानक हास्य प्रधान चलचित्र उषा फिल्मसको ब्यानरमा बन्न लागेको हो । चलचित्रको सुटिङ दसैँपछि सुरु हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
