८ वर्षपछि निर्देशनमा फर्कदै ऋषि, भित्रिए केदार

ऋषि लामिछानेको निर्देशन रहने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएका छन् । विहिबार निर्माण टिम र कलाकार घिमिरेका बिच कागजी सम्झौता भएको हो ।
सामिप्यराज तिमल्सिनाको लेखन रहने चलचित्रलाई मुनाल घिमिरेले निर्माण गर्नेछन् । निर्देशक लामिछानेले ८ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । यसअघि सन् २०१६ उनी निर्देशित चलचित्र ‘किस्मत २’ प्रदर्शन भएको थियो । यसअघि निर्माता घिमिरे र निर्देशक लामिछानेले सन् २०१० को चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र २००८ को भिडियो चलचित्र ‘खबरदार’मा सहकार्य गरेका थिए ।
आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । बुझ्नमा आए अनुसार कलाकार घिमिरे चलचित्रको शिर्ष भूमिकामा रहने छन् । कलाकार घिमिरे यतिबेला ‘जेरी अन टप’मा ब्यस्त छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal