प्रेमी जनासँग रेमनको बिहे

लेन्सनेपाल २०७९ आषाढ ३०
प्रेमी जनासँग रेमनको बिहे

अभिनेता रेमनदास श्रेष्ठ जर्मनी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका छन् । बिहीवार काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । रेमनको विवाह कार्यक्रमका लागि बिहीवार एटिकले ग्राहकलाई दिने सुविधा बन्द गरेको छ ।

रेमन र जनाको विवाहमा दुई पक्षका परिवार र आफन्तसँगै रेमन नजिकका केही चलचित्रकर्मी सहभागी छन् । विवाहका लागि जनाको परिवार यसै साता जर्मनीबाट नेपाल आएको थियो । रेमन र जना झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । उनीहरुले हिन्दू परम्पराअनुसार नै विवाह गरेका हुन् । रेमनदासले आगामी शनिवार चितवनमा रिसेप्सन पार्टी दिँदैछन् ।