चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक

२०८२ भाद्र ८
चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक

चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । संस्कार, प्रेम र संघर्षकै वरिपरि कथा घुमेको छ । गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको देखिन्छ ।

भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र परम्परा र इच्छाबीचको द्वन्द्व रहेको बुझिन्छ । खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङलगायतको अभिनय छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, मित्र डि गुरुङको सम्पादन र दीपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको छ ।

वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन् ।