टाइटन फिल्म फेस्टिभलमा अभिनेत्रीको अवार्ड ऋचालाई

२०७९ माघ ८
टाइटन फिल्म फेस्टिभलमा अभिनेत्रीको अवार्ड ऋचालाई

अष्ट्रेलियाको सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलमा ऋचा शर्माले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । फेस्टिभलबाट ऋचाले आफ्नो छोटो चलचित्र ‘ब्लड मनी’बाट उक्त अवार्ड जितेकी हुन् ।

फेस्टिभलमा चलचित्रका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि सम्मान गरिएको छ । २८ मिनेट लामो ‘ब्लड मनी’ले पारिवारिक अवस्थाले विदेशिएका युवाले हातमुख जोर्न गरेको संघर्षको कथा भन्छ ।

चलचित्रमा छोराको भूमिकामा निर्देशक तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला शर्मा र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् ।

Mahajatra