‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक

भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को प्रेमभावको गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । चलचित्रका प्रमुख नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर, निरज सिंहको संगीत र डा. कृष्णहरि बरालको शब्द छ ।
गीतको सुरुवातमा पल र पुजालाई जंगलको बीचको बाटोमा कारमा यात्रा गरिरहेको देखाइएको छ । जहाँ उनीहरुबीच रोमान्टिक भाव देखिन्छ । त्यसपछि उनीहरुलाई काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा देख्न पाइन्छ । पल र पुजालाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन् ।
गीतमा सौरभ लोखण्डे र रेवत आरती सिंहको म्यूजिक प्रोडक्सन र एरेन्ज, फ्रान्को भालाको एडिसनल म्युजिक प्रोडक्सन, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, सौरभ दासको ब्याकिङ भोकल, निरज सिंह, फ्रान्को भाला र समीर चौरासियाको रेकर्डिङ इन्जिनियरिङ, निरज सिंह (कैलाश स्टुडियो, मुम्बई)को मिक्सिङ इञ्जिनियर, गेथिन जोनहाफोड मास्टरिङ(वेल्स, यूके)को मास्टरिङ इन्जिनियर छ । गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो ।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi