‘रावायण’को पुनः सेन्सर, पायो ‘पीजी’ सर्टिफिकेट

प्रदर्शनरत चलचित्र ‘रावायण’को पुनः सेन्सर गरिएको छ । यस अघि ‘एडल्ट’ सर्टिफिकेट पाएको चलचित्रका केही दृष्य र सम्बादमा सम्पादन गर्दै पुनः सेन्सर गरिएको हो । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पुनः सेन्सर गर्दा चलचित्रले ‘पीजी’ सर्टिफिकेट दिएको छ ।
निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत २÷३ संवादमा ‘बिप’ र २÷३ सटमा ‘ब्लर’ गरेर पुनः सेन्सर गरिएको जनाएका छन् ।
यसअघि चलचित्रले केही विभत्स दृश्य र अपाच्य संवादका कारण १६ वर्षभन्दा मुनिका दर्शकले मात्र हेर्न पाउने गरि ‘एडल्ट सर्टिफिकेट’ पाएको थियो । जसले गर्दा धेरै दर्शकहरु हलबाट फर्किएको निर्माण टिमको दाबी छ । यसै कारण पुनः सेन्सर गरिएको बताइएको छ । अब भने १६ वर्षभन्दा मुनिका दर्शकले पनि अभिभावकको साथमा चलचित्र हेर्न पाउने छन् ।
आइतबार निर्माताले पुनः सेन्सरका लागि निवेदन दिएपछि बोर्डका सदस्यहरुले पुनः फिल्म हेरेका थिए । पुनः सेन्सर गर्न तोकिएको राजश्व तिर्नुपर्ने नियम छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal