मोफसलमा देखियो ‘रावायण’का कलाकारको क्रेज

प्रदर्शनरत् चलचित्र ‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला चलचित्रका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार चलचित्रका नायक पल शाह तथा चलचित्रकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए ।
दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरु दर्शकको घेरा भन्दा बाहिर जान सकेनन् ।
उनीहरुले दर्शकसँगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि दर्शकले नायक पल र पुजाले एकदमै राम्रो काम गरेको र चलचित्रको छायांकन पक्ष पनि दमदार रहेको प्रतिक्रिया दिएका थिए । चलचित्रपछि कलाकारद्धय पल र पुजा दर्शकसँग नाँचेका थिए । पल र पुजाले नेपालगञ्ज र धनगढीका दर्शकसँग पनि साक्षात्कार गरेका थिए ।
पल र पुजा दाङ आएको मौका पारी चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा साक्षात्कार गरेको थियो । संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा पलले आफूले चलचित्रमा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको चलचित्र निर्माण भएको जानकारीसमेत दिए ।
निमात्री शर्माले चलचित्र राम्रो बनेको र चलचित्र हेरेका दर्शकले चलचित्र मन पराइदिएकोमा खुसी व्यक्त गरिन् । उनले दाङ जिल्लामा आफू पहिलो पटक आएको र आफूले दाङवासीहरुको असाध्यै माया पाउँदा प्रफूल्लित भएको बताइन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal