‘रावायण’को आइटम गीत ‘करेजा निकरी’मा निकिता
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक गरिएको छ । गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ ।
गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ । गीतमा निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ । कलाकार प्रकाशको तराईं मूलको गेटअप आकर्षक देखिएको छ । गीतको बीचमा नायक पल शाहको प्रवेश छ ।
गीतमा अनामिक चौहानको म्यूजिक प्रोडक्सन र एरेन्ज, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, समिर चौरासिया, अमन सिंह, सिद्धार्थ मोघे, अथर्व वैद्यको ब्याकिङ भोकल, तपस रोयको प्लक्ड एण्ड स्टोर इन्स्ट्रुमेन्ट, निरज सिंह, फ्रान्को भाला र समीर चौरासियाको रेकर्डिङ इन्जिनियरिङ, निरज सिंह (कैलाश स्टुडियो, मुम्बई)को मिक्सिङ इञ्जिनियर, गेथिन जोन(हाफोड मास्टरिङ(वेल्स, यूके)को मास्टरिङ इन्जिनियर छ । गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो ।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् ।
चलचित्रमा निर्देशक थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन र समीर मियाँको भीएफएक्स छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
