देश दौडाहामा ‘रावायण’ टिम
चलचित्र ‘रावायण’को टिम देश दौडाहामा निस्किएको छ । चलचित्र रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो ।
चलचित्रका प्रमुख कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले आज नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रको टिमले नेपालगन्जमा रहेको दुई सिनेमाघरमा दर्शक संगै बसेर चलचित्र हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । चलचित्रको टिमले नेपालगञ्जपछि भोलि बुधबार दाङ र पर्सी बिहीबार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ।
केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सुरुमा ‘एडल्ट’ सर्टिफिकेट पाएको चलचित्रले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् । सुदर्शन थापा निर्देशित चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
