कलेज केन्द्रित प्रचारमा चलचित्र ‘रावायण’
यही भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । चलचित्रले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो ।
आइतबार चलचित्रको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ । चलचित्रका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कलेजको कार्यक्रममा चलचित्रबारे जानकारी दिएका हुन् । निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । उनले ‘रामायण’को सुरुवात रामले गरे जस्तै ‘रावायण’को सुरुवात रावणले गर्ने जनाए ।
निर्मात्री तथा नायिका पूजा शर्माले दर्शकले आफ्ना अघिल्ला चलचित्रलाई दिएजस्तै साथ ‘रावायण’लाई पनि दिनेमा आफू ढुक्क रहेको बताइन् । कार्यक्रममा प्रमोद र प्रकाशले चलचित्रमा आफूले बोलेको संवाद सुनाएका थिए । उनीहरुले संवाद सुनाइरहँदा दर्शक दिर्घाबाट हुटिङ र तालीको वर्षात भएको थियो ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रका कार्यकारी निर्माता सुशन पाठक हुन् ।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
